१९ असार २०८३, शुक्रबार

स्थानीय तह सबल र पारदर्शी बनेपछि मात्रै मुलुक समृद्ध बन्छ : मन्त्री  गुप्ता

असार १०, २०८२
काठमाडौं
स्थानीय तह सबल र पारदर्शी बनेपछि मात्रै मुलुक समृद्ध बन्छ : मन्त्री  गुप्ता
फाइल फोटो

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले स्थानीय तहलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मेरुदण्डका रूपमा परिभाषित गरेका छन् । 

नागार्जुन नगरपालिकाको ११औं नगरसभा उद्‌घाटन  समारोहलाई आज सम्बोधन गर्दै मन्त्री गुप्ताले स्थानीय तहमार्फत जनतासम्म सेवा, विकास र सुशासन पुर्‍याउन सकिने बताएका हुन् । उनले भने, 'स्थानीय सरकारहरू नागरिकका नजिकको सरकार हुन्, ती नै संघीयताको मेरुदण्ड हुन् । जब स्थानीय तह सबल र पारदर्शी हुन्छन्, तब मुलुक समृद्धिको दिशामा अगाडि बढ्छ ।'

मन्त्री गुप्ताले नागार्जुन नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटलाई सन्तुलित तथा समावेशी भन्दै प्रशंसा गरे । उनले शिक्षामा गुणस्तर वृद्धि, पूर्वाधार विकास, स्वास्थ्य पहुँच, वातावरण संरक्षण तथा सूचना प्रविधिमा नगरपालिकाको प्राथमिकता स्वागतयोग्य भएको बताए ।

उनले भने, 'नागार्जुन नगरपालिकाले समावेशी विकासको दृष्टिकोण अपनाउँदै सबै वर्ग र समुदायलाई समेट्ने प्रयास गरिरहेको छ, जुन अत्यन्त सराहनीय छ । अन्य पालिकाले पनि यस्तो अभ्यासबाट प्रेरणा लिनुपर्छ ।'​

​नगरसभामा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज र विभिन्न निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता थियो ।

salt training

कमेन्ट गर्नुहोस्