२८ जेठ २०८३, बिहीबार

इन्डियन एक्सप्रेसमा ४० वर्ष पहिले छापिएको नेपालसम्बन्धी त्यो ‘मेन न्युज’

असार १०, २०८२
काठमाडौं
इन्डियन एक्सप्रेसमा ४० वर्ष पहिले छापिएको नेपालसम्बन्धी त्यो ‘मेन न्युज’

भारतीय पत्रिका ‘दी इन्डियन एक्सप्रेस’ले असार ७ गते शनिबार नेपालबारे एउटा प्रिमियम स्टोरी प्रकाशित गरेको छ । 

२०४२ सालमा नेपालको राजधानी काठमाडौंका विभिन्न स्थानमा भएको विस्फोटको घटनासम्बन्धी ४० वर्ष पुरानो समाचारलाई लिएर उसले प्रिमियम स्टोरी छापेको हो । 

गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको नेतृत्वमा २०४२ असार ६ गते नारायणहिटी दरबारसहित काठमाडौंका ७ ठाउँमा विस्फोटका घटना भएका थिए । 

‘जुन २१, १९८५, फोर्टी इयर्स अगो: नेपाल बम ब्लास्ट’ शीर्षकमा छापिएको प्रिमियम स्टोरीमा त्यो बेलाको घटनाको चर्चा गरिएको छ ।

नारायणहिटी दरबार, अन्नपूर्ण होटल र सिंहदरबारस्थित राष्ट्रिय पञ्चायत भवनमा एकसाथ विस्फोट भएका थिए । विस्फोटको घटनामा राष्ट्रिय पञ्चायतका सदस्य डम्बरजङ गुरुङको मृत्यु भएको थियो । 

त्यो बेला ‘ब्ल्याक एन्ड ह्वाइट’ रूपमा छापिने इन्डियन एक्सप्रेसले पहिलो पृष्ठमा समाचार प्रकाशित गरेको थियो । इन्डियन एक्सप्रेसमा छापिएको समाचारले ४० वर्षअघि भएको विस्फोटको घटना सम्झाएको छ । 

विस्फोट गराउने रामराजाप्रसाद सिंहको निधन भइसकेको छ । उनी २०६५ सालमा भएको राष्ट्रपतीय निर्वाचनमा माओवादीले प्रस्ताव गरेका उम्मेदवार थिए । तर, उनी रामवरण यादवसँग पराजित भए ।

पञ्चायतको विरोधमा रामराजाप्रसाद सिंहको अगुवाइमा भएको विस्फोटका घटनामा सहभागी भएका कमलदेव साहले लोकान्तर डट्कमसँगको कुराकानीमा त्यो बेला भएको विस्फोटबारे केही स्मरण गरेका थिए । 

हेर्नुहोस्, भिडियो कुराकानी :
 

salt training

कमेन्ट गर्नुहोस्