२५ जेठ २०८३, सोमबार

प्रकाशमानलाई सूर्य थापाको चुनौती– तपाईंको बजेटबारे सार्वजनिक बहस गर्न तयार छु

असार १०, २०८२
काठमाडौं
प्रकाशमानलाई सूर्य थापाको चुनौती– तपाईंको बजेटबारे सार्वजनिक बहस गर्न तयार छु

शहरी विकास मन्त्रालय अन्तर्गत विनियोजित बजेटको विषयलाई लिएर सत्तापक्षका सांसदले आपत्ति जनाएका छन् ।

उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले बजेटमा मनोमानी गरेको भन्दै कांग्रेस र एमालेका सांसदले आपत्ति जनाएका हुन् । 

एमाले सांसद सूर्य थापाले शहरी विकास मन्त्रालय अन्तर्गत विनियोजित शीर्षकमाथि सार्वजनिक बहस गर्न तयार रहेको बताए । ‘नरेन्द्र गायत्री आँखा अस्पताल केन्द्रको भवनजस्ता मैले सिफारिस गरेका आयोजना रद्दीको टोकरीमा फालेर कस्तो सन्तुलित ? कस्तो जिम्मेवारीपूर्ण र कस्तो जवाफदेही बजेट विनियोजन गर्नुभएको हो,’ थापाले प्रश्न गरे, ‘यहाँले विनियोजन गरेका कार्यक्रमबारे सार्वजनिक रूपमा बहस गर्न तयार छु ।’

यसअघि सांसद थापाले प्रजातन्त्र स्थापनका लागि महत्त्वपूर्ण भूमिका खेलेका गणेशमान सिंहको नाम बदनाम हुनेगरी जथाभावी बजेट विनियोजन गरिएको भन्दै आपत्ति जनाएका थिए ।  

जवाफका क्रममा मन्त्री सिंहले बजेट सकेसम्म सन्तुलित बनाउन कोशिश गरिएको बताए ।

शहरी विकास मन्त्रालयको बजेटलाई लिएर कांग्रेस सांसद पूर्णबहादुर तामाङले संसद्‌मा चर्को आलोचना गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्