२९ जेठ २०८३, शुक्रबार
संसद्‌मा प्रधानमन्त्रीको जवाफ

बजेटमा आलोचना जसो गरेपनि हुन्छ, माग र आपूर्तिबीचको असन्तुलन छ- ओली

असार १०, २०८२
काठमाडौं
बजेटमा आलोचना जसो गरेपनि हुन्छ, माग र आपूर्तिबीचको असन्तुलन छ- ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटमा आलोचना र टिप्प्णी हुनु स्वाभाविक रहेको बताएका छन् । कुनैपनि देशमा बजेटमा सर्वसम्मति र सबै सदस्य सन्तुष्ट रहेको आफूले नदेखेको उनले बताए । 

मंगलबार प्रतिनिधिसभामा विनियोजन विधेयक अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा ओलीले माग र आपूर्तिबीचको असन्तुलनले गर्दा बजेट असुन्लितजस्तो देखिएको बताएका हुन् । 

‘बजेटमा अलिकति आलोचना टिप्पणी जसोगरे पनि हुन्छ । विकास धेरै ठाउँमा चाहिएको छ, बजेट कम छ । तीब्र विकास चाहिएको छ, गति सुस्त कम छ । यसका लागि क्षमता अभिवृद्धि गर्ने कुरामा ध्यान दिनु्पर्छ । सरकारको ध्यान गएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘यो माग र आपूर्तिबीचको असन्तुलनले पैदा गरेको विषय हो ।’ 

प्रधानमन्त्रीले जवाफ दिएसँगै विनियोजन विधेयक पारित गर्ने संसद्को कार्यसूची छ । बजेटको मूल विधेयक विनियोजन विधेयक पारित गर्ने दिन बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस र एमालेले आफ्ना सांसदलाई ह्विप जारी गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्