२४ असार २०८३, बुधबार

शेखर विकल्पको शब्दमा ‘पारिजातको फूल’ सार्वजनिक

असार १०, २०८२
काठमाडौं
शेखर विकल्पको शब्दमा ‘पारिजातको फूल’ सार्वजनिक

कवि शेखर विकल्पको शब्द रचना रहेको आधुनिक गीत ‘पारिजातको फूल’ सार्वजनिक भएको छ । 

गीतमा लोकप्रिय गायक रामकृष्ण ढकालको स्वर रहेको छ भने संगीत केशव ज्ञवालीले भरेका छन् । गीतको संयोजन भने पवन परियारको रहेको छ । 

यसैगरी, गीतको भिडियोमा सुरज पन्थ, श्रुति गिरी र राज अर्यालले अभिनय गरेका छन् । विष्णु भट्टराईले निर्देशन गरेको भिडियोमा कथा परिकल्पना भट्टराईकै छ । 

भिडियोको छायांकन र सम्पादन समेत भट्टराईले नै गरेका छन् । भिडियोलाई त्रिकोणात्मक प्रेमकथामा प्रस्तुत गरिएको छ । 

लामो समयदेखि साहित्य सिर्जनामा सक्रिय कवि विकल्प हाल जापानमा छन् । 

हेर्नुहोस् भिडियो :

 

salt training

कमेन्ट गर्नुहोस्