२४ असार २०८३, बुधबार

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्किँदै छ : पोखरेल

असार १०, २०८२
काठमाडौं
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्किँदै छ : पोखरेल

नेकपा(एमाले)का महासचिव शङ्कर पोखरेलले तहसनहस भएको मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्किन लागेको बताएका छन् ।  

राष्ट्रिय युवा सङ्घ नेपालको दोस्रो पूर्ण बैठकलाई आज ललितपुरमा सम्बोधन गर्दै उनले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्किन लागेकाले अब देश विकासले गति लिने बताए । महासचिव पोखरेलले  नेपाली काङ्ग्रेस र एमालेको सरकार बने पनि देशको खराब अर्थतन्त्रको कारण जनताको अपेक्षाअनुसार काम गर्न नसकिएको बताए । 

उनले मुलुकमा भएका खराब काममा एमालेको सहभागिता नरहने तर, एमालेमाथि नै आरोप र हमला हुने गरेको बताए । इतिहासमा असान्दर्भिक भइसकेको शक्तिले अहिलेको व्यवस्था र एमाले माथि प्रहार गरिरहेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्