२५ जेठ २०८३, सोमबार

ट्रम्पको चेतावनी- इजरायलले इरानमा आक्रमण नगरोस्

असार १०, २०८२
काठमाडौं
ट्रम्पको चेतावनी- इजरायलले इरानमा आक्रमण नगरोस्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान दुवैले युद्धविराम उल्लंघन गरेको बताएका छन् ।  उनले सबैभन्दा बढी असन्तुष्टि इजरायलसँग जनाएका छन् ।

आफू इजरायलसँग साँच्चै असन्तुष्ट रहेको ट्रम्पको भनाइ छ । उनले इजरायललाई बम आक्रमण रोक्न र आफ्ना पाइलटहरूलाई अहिले नै घर फर्काउन आग्रह गरेका छन्।

इजरायली रक्षा मन्त्री इसराइल काट्जले भने आफूले तेहरानमा तीव्र आक्रमण गर्न आदेश दिएको बताएका छन् । उनले इरानले अमेरिका र कतारको पहलमा भएको युद्धविराम तोडेको आरोप लगाएका छन् ।

तर, इरानले उक्त दाबी अस्वीकार गरेको छ र आफ्ना सुरक्षासम्बन्धी निकायमार्फत् चेतावनी दिँदै कुनै पनि इजरायली उल्लंघनको निर्णायक जवाफ दिन तयार रहेको उल्लेख गरेको छ ।

यसअघि सोमबार इरानले आफ्नो आणविक स्थलमा भएको आक्रमणको बदलामा कतारमा रहेको अमेरिकी सैन्य अड्डामाथि मिसाइल आक्रमण गरेको जनाएको थियो ।

इरानको भनाइअनुसार इजरायलले आक्रमण थालेयता हालसम्म १३ बालबालिकासहित ४०० भन्दा बढी व्यक्तिको ज्यान गएको छ र कम्तीमा ३,०५६ जना घाइते भएका छन्। उता इजरायलमा इरानको आक्रमणबाट हालसम्म २८ जनाको मृत्यु भएको छ।

इजरायली मामिलाका विश्लेषक ड्यान पेरीका अनुसार इजरायल–इरान द्वन्द्वमा अमेरिकी भूमिका निकै ‘अभूतपूर्व’ रहँदै आएको छ । 

ट्रम्पको योजनालाई इजरायलले मान्ने हो कि होइन भन्ने प्रश्नमा उनले भने, ‘इजरायलसँग मैले केही विश्लेषकहरूबाट सुनेजति स्वतन्त्रता वास्तवमा छैन जस्तो लाग्छ ।’

salt training

कमेन्ट गर्नुहोस्