१० साउन २०८३, आइतबार

कोशी र सुदूरपश्चिममा ठूलो पानी पर्ने सम्भावना

असार ११, २०८२
काठमाडौं
कोशी र सुदूरपश्चिममा ठूलो पानी पर्ने सम्भावना

हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गएराति ललितपुरको टीकाथली, गोदावरी, खुमलटार र काठमाडौंको बूढानीलकण्ठ तथा सिन्धुपाल्चोक क्षेत्रमा मध्यमदेखि ठूलो पानी परेको छ ।

आज कोशी र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सबै प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार आज राति कोशी, कर्णाली र सुदूरपश्चिमगायत बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने छ । 

बाढी पूर्वानुमान महाशाखाले ठूलो पानी परेको र पर्ने सम्भावना रहेको ठाउँमा सतर्कता अपनाउन आग्रह गरेको छ । भिरालो तथा कमजोर जमिनमा पहिरोको जोखिम उच्च भएकाले सतर्कता अपनाउन समेत अनुरोध गरिएको हो । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्