०९ असार २०८३, मंगलबार

'समाचार लेखेकै भरमा पत्रकारलाई अदालतमा तान्न मिल्दैन'

असार ११, २०८२
काठमाडौं
'समाचार लेखेकै भरमा पत्रकारलाई अदालतमा तान्न मिल्दैन'

 समाजवादी प्रेस सङ्गठन नेपालले समाचार लेखेकै भरमा पत्रकारलाई अदालतमा तान्नु, सामग्री हटाउन बाध्य पार्नु र पत्रकारको कलम बन्द गर्ने प्रयास गरिनु अभिव्यक्ति स्वतन्त्रताविरुद्धको कदम भएको स्पष्ट पारेको छ ।

सङ्गठनका महासचिव रोहित दाहालका अनुसार दृष्टि न्यूज अनलाइनमा प्रकाशित एक समाचारका सन्दर्भमा असन्तुष्टि जनाउँदै विशेष अदालतले सो सञ्चारमाध्यमका अध्यक्ष शम्भुलाल श्रेष्ठ, सम्पादक एमपी सुब्बा तथा सम्बन्धित पत्रकारलाई हाजिर हुन आदेश दिएको छ । सो घटनाले नेपालको न्यायालयले नेपाली पत्रकारिता क्षेत्रलाई शङ्का र प्रतिशोधको दृष्टिले हेर्छ भन्ने बुझाइलाई थप प्रष्ट पारेको उनको भनाइ छ । 

समाचार सामग्री सच्याउने, परिमार्जन गर्ने वा सम्पादन गर्ने अधिकार पत्रकारिता पद्धतिको मूलआत्मा भएको उल्लेख गर्दै सो संगठनले भनेको छ  “अदालतले यस्ता स्वायत्त कार्यमा नियन्त्रण गर्ने शैली लोकतान्त्रिक व्यवस्थासँग मेल खान्न । समाचार लेखेकै भरमा पत्रकारलाई अदालतमा तान्नु, सामग्री हटाउन बाध्य पार्नु र पत्रकारको कलम बन्द गर्ने  प्रयास हुनु अभिव्यक्ति स्वतन्त्रताको कुठाराघात हो ।”

समाजवादी प्रेस सङ्गठनले अदालतका यस्ता आदेशप्रति गम्भीर असहमति प्रकट गर्दै प्रेस स्वतन्त्रताको रक्षा गर्न सबै सरोकारवाला निकाय र आम नागरिकसँग ऐक्यबद्धता प्रकट गर्न आह्वान गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्