३० जेठ २०८३, शनिबार

सेप्टिक ट्यांकीमा खसेर रौतहटमा दुई बालबालिकाको मृत्यु

असार ११, २०८२
काठमाडौं
सेप्टिक ट्यांकीमा खसेर रौतहटमा दुई बालबालिकाको मृत्यु

रौतहटमा शौचालयको सेप्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ ।

चन्द्रपुर नगरपालिका- १० निबुवाटोल निवासी गरिमा साहका छोरा दुई वर्षीय रञ्जे साह र जगदीश साहकी छोरी दुई वर्षीया खुश्बु साहको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मंगलबार साँझ उनीहरू खेल्ने क्रममा छिमेकी हृदय पासवानको शौचालयको सेप्टिक ट्यांकीमा खसेका थिए ।

सेप्टिक ट्यांकीबाट निकालेर उनीहरूलाई उपचारका लागि चन्द्रनिगाहपुरस्थित सरकारी अस्पताल लगिएको थियो ।

उपचारको क्रममा गएराति नै उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।


 

salt training

कमेन्ट गर्नुहोस्