
धनकुटामा ५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनकुटा नगरपालिका-८ सान्ताङ बस्ने ५२ वर्षीय खड्गबहादुर राई रहेका छन् । उनलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो ।
खड्गबहादुरले ती महिलालाई जबर्जस्ती कारणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।