३० जेठ २०८३, शनिबार
पतञ्जली जग्गा भ्रष्टाचार मुद्दा

विशेष अदालतमा माधव नेपालको थुनछेक बहस शुरू

असार ११, २०८२
काठमाडौं
विशेष अदालतमा माधव नेपालको थुनछेक बहस शुरू

पतञ्जली जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा खेपेका नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको थुनछेक बहस शुरू भएको छ । 

विशेष अदालत काठमाडौंमा बुधबार अपरान्हपछि थुनछेक बहस शुरू भएको हो । 
न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा बुधबार अपरान्ह थुनछेक बहस शुरू भएको हो । यसअघि बुधबार नै उनको बयान भएको थियो । 

थुनछेक बहसमा नेपालको तर्फबाट बहस गर्न १२० जना अधिवक्ताले वकालतनामा दर्ता गराएका छन् । अधिवक्ता परिवर्तन राईले १ सय २० जनाले नाम टिपाएको जानकारी दिए । 

वरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्द बन्दी, गोपालकृष्ण घिमिरे, रमण श्रेष्ठ, खम्बबहादुर खाती लगायतले थुनछेक बहसमा सहभागी हुने तयारी गरेका छन् । 

पतञ्जलीको लागि जग्गा दिँदा कानून विपरीत निर्णय गराएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालविरुद्ध जेठ २२ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्