३० जेठ २०८३, शनिबार

प्रहरी विधयेक असारभित्रै संसद्‌मा पेस गर्ने वातावरण बनाइदिन गृहमन्त्रीको आग्रह

असार ११, २०८२
काठमाडौं
प्रहरी विधयेक असारभित्रै संसद्‌मा पेस गर्ने वातावरण बनाइदिन गृहमन्त्रीको आग्रह

गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक असार महिनाभित्रै प्रतिनिधिसभामा पेस गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन् । 

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले सम्भव भए नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक पनि असार महिनाभित्रै समितिबाट पारित गरेर सदनमा पेस गर्ने वातावरण बनाइदिन आग्रह गरेका हुन् । 

‘समितिमा आजबाट नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल प्रारम्भ गरेका छौं’, उनले भने, ‘७० सालपछि प्रहरी कानून बनाउँदै छौं । यो मेरो र गृहमन्त्रालयको प्राथमिकताको विषय हो । विधेयक टुंगो लगाउन जति समय छलफलका लागि भन्नु हुन्छ हामी तयार छौं ।’

उनले सशस्त्र प्रहरी बलको विधयेक पनि महत्त्वपूर्ण नै रहेको बताउँदै सो विधयेक पनि टुंगो लगाउन समितिसमक्ष आग्रह गरे । 

‘गृह अन्तर्गत अरु पनि विधयेक पाइपलाइनमा छन्’, मन्त्री लेखकले भने, ‘यी विषयमा समितिका माननीयहरूले दिनुभएको प्राथमिकताका लागि धन्यवाद दिन चाहन्छु ।’

salt training

कमेन्ट गर्नुहोस्