
जुम्लाको तिला गाउँपालिका-५ चुलाकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
कुडारीबाट चुलाकोटतर्फ जाँदै गरेको भे १ त ६४७२ नम्बरको ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना भएको छ ।
दुर्घटनामा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने २३ वर्षीय लोकेश बुढाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथै, दुर्घटनामा घाइते भएका ट्याक्टर चालकलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।