१२ साउन २०८३, मंगलबार
विशेष अदालतमा थुनछेक बहस

माधव नेपाल पक्षका वकिलको माग- राजनीतिक व्यक्ति हो, विना धरौटी रिहा गरियोस्

असार ११, २०८२
काठमाडौं
माधव नेपाल पक्षका वकिलको माग- राजनीतिक व्यक्ति हो, विना धरौटी रिहा गरियोस्

पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपेका नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको तर्फबाट बहस गरेका कानून व्यवसायीले उनलाई विना धरौटीमा रिहा गर्न माग गरेका छन् । 

बुधबार विशेष अदालतमा भएको थुनछेक बहसमा नेपाल पक्षका वकिलले राजनीतिक प्रतिशोधले नेपालविरुद्ध मुद्दा लगाइएको जिकिर गरेका हुन् । 

न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, कृष्णप्रसाद भण्डारी, गोविन्द वन्दी, खम्बबहादुर खाती र रमन श्रेष्ठले बहस गरेका थिए । 

आवश्यकता परेको बखत उपस्थित हुनेगरी विना धरौटी तारिखमा रिहा गर्न उनीहरूले माग गरेका हुन् । बहसमा थापाले भने, ‘उहाँ पूर्वप्रधानमन्त्री हो, राजनीतिक प्रतिष्ठा कमाएको व्यक्ति हो । भाग्ने या प्रमाण नष्ट गर्ने होइन । विना धरौटीमा रिहा गरियोस् ।’

अख्तियारको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, सहन्यायाधिवक्ता उमाकान्त पौडेल, ज्ञानप्रसाद भुसाल, मोहन सागर बस्याल र उपन्यायाधिवक्ता भगवती गौतमले बहस गरेका थिए । उनीहरूले नेपाललाई थुनामा पठाउनु पर्ने जिकिर गरेका थिए ।  

यो मुद्दामा आज बुधबार नै थुनछेक आदेश आउनेछ । 

पढ्नुहोस् यो पनि - अख्तियारको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता पन्तको जिकिर- माधव नेपाललाई थुनामा पठाउनु पर्छ

salt training

कमेन्ट गर्नुहोस्