
कालीकोटका नौवटै स्थानीय तहले पहिलो पटक असार १० को समय सीमाभित्र नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् ।
तीन नगरपालिका र छ गाउँपालिका रहेको कालीकोटका नौवटै स्थानीय तहले आर्थिक वर्ष २०८२/०८३ का लागि कूल रु तीन अर्ब ७५ करोड ७१ लाख ९१ हजार ३२९ बराबरको बजेट सार्वजनिक गरेका हुन् ।
विगतमा आधाजसो स्थानीय तहको बजेट समय सीमा कटेपछि आउने गरेकामा सुधार गर्दै सबै स्थानीय तहले असार १० गतेको समय सीमाभित्र बजेट प्रस्तुत गरेका छन् । नौ स्थानीय तहमध्ये चार स्थानीय तहले सोमबारसम्म गाउँ तथा नगरसभा सम्पन्न गरी सकेकामा थप पाँचले मङ्गलबार बजेट सार्वजनिक गरेको जिल्ला समन्वय समितिका प्रवक्ता अजय बमले जानकारी दिए ।
कुन पालिकाको कति बजेट ?
तिलागुफा नगरपालिका – रु ७० करोड १४ लाख ९ हजार ७१०
नरहरिनाथ गाउँपालिका – रु ५१ करोड ८३ लाख ८० हजार ५००
पचाल झरना गाउँपालिका – रु ४३ करोड ८४ लाख ३९ हजार ३५२
रास्कोट नगरपालिका – रु ४७ करोड २२ लाख ८२ हजार ५१०
खाँडाचक्र नगरपालिका – रु ५३ करोड ५५ लाख ५५ हजार ९२०
सान्नी त्रिवेणी गाउँपालिका – रु ४१ करोड ९२ लाख ६२ हजार ४१
पलाता गाउँपालिका – रु ४८ करोड २३ लाख ३२ हजार ८४६
शुभकालिका गाउँपालिका – रु ४६ करोड २० लाख ५० हजार ४००
महाबै गाउँपालिका – रु ३५ करोड ८७ लाख ४७ हजार ९६६