१० साउन २०८३, आइतबार

अन्तर्राष्ट्रिय हाप्किडो च्याम्पियनसिपमा नेपाललाई दुई स्वर्णसहित तीन पदक

असार ११, २०८२
काठमाडौं
अन्तर्राष्ट्रिय हाप्किडो च्याम्पियनसिपमा नेपाललाई दुई स्वर्णसहित तीन पदक

काठमाडौँ । किर्गिस्तान हाप्किडो फेडेरेसन तथा ग्लोबल हाप्किडो एसोसिएसनको सहकार्यमा किर्गिस्तानमा सम्पन्न अन्तर्राष्ट्रिय हाप्किडो च्याम्पियनसिपमा नेपाली खेलाडीले दुई स्वर्ण र एक रजतसहित तीन पदक जितेका छन् ।

 प्रतियोगिता जुन २४ देखी २५ तारिखसम्म आयोजना भएको थियो । 

प्रतियोगिताको पुरुष ५५–५९ केजी तौलसमूहमा समीर गुरुङ र ६० केजी भन्दा माथिको तौलसमूहमा राजेन्द्र तामाङले स्वर्ण पदक जितेको जानकारी नेपाल हाप्किडो मार्सल आर्टस संघका अध्यक्ष कालीबहादुर घर्तीले दिए ।

 पुरुष ५१–५५ केजी तौलसमूहमा सरोज गुरुङले रजत पदक प्राप्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्