१४ असार २०८३, आइतबार

एसईईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी, यस्तो छ रिजल्ट हेर्ने तरिका

असार १२, २०८२
काठमाडौं
एसईईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी, यस्तो छ रिजल्ट हेर्ने तरिका

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले एसईई परीक्षाको  नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीका साथ तीव्र गतिमा काम भइरहेको बताए । 

उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणको काम सकेर प्राप्ताङ्क इन्ट्री गर्ने काम भइरहेको उनले बताए । 'हामीले असारको तेस्रो साताभित्र नतिजा सार्वजनिक गर्नेगरी डेटलाइन तयार गरेका हौँ, कर्मचारी साथीहरूले डबल सिफ्टमा तीव्र गतिले काम गरिरहनुभएको छ,' उनले भने, 'अहिले नम्बर इन्ट्री गर्ने र रुजु गर्ने काम भइरहेको छ । काम छिटो सकियो, प्रविधिले साथ दियो भने तेस्रो सातादेखि अगाडि तानेर एक साताभित्र नतिजा सार्वजनिक गर्न सकिन्छ, त्यसैका लागि दिनरात काम भइरहेको छ ।'

असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्नेगरी कार्यतालिका बने पनि गत २०८१ सालको चैत २० गतेदेखि २०८२ वैशाख १७ गतेसम्म शिक्षकले काठमाडौंमा सडक आन्दोलन गरेको सडक आन्दोलन गरेका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको हो । 
    
गत २०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।

कसरी हेर्ने रिजल्ट ?

एसईईको रिजल्ट IVR, एसएमएस र वेबसाइटबाट हेर्न सकिन्छ । परीक्षार्थीले बोर्डको वेबसाइट https://www.neb.gov.np/ बाट  एसईईको नतिजा हेर्न सक्छन् ।

IVR का लागि नेपाल टेलिकमको ल्याण्डलाइन फोन, मोबाइलबाट १६०० डायल गरी निर्देशनअनुसार प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।

SEE लेखेर एक स्पेस दिएर सिम्बोल नम्बर टाइप गरी १६०० मा म्यासेज पठाएर पनि एसईईको रिजल्ट हेर्न सकिने टेलिकमले जनाएको छ ।

त्यस्तै टेलिकमको http://see.ntc.net.np वेबसाइट पनि हेर्न सकिने जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्