२१ असार २०८३, आइतबार

सरकारको ५० लाख खर्चेर मधेशमा कबड्डी प्रतियोगिता, पहिलो हुनेले जम्मा २५ हजार पाउने

असार १२, २०८२
काठमाडौं
सरकारको ५० लाख खर्चेर मधेशमा कबड्डी प्रतियोगिता, पहिलो हुनेले जम्मा २५ हजार पाउने
फाइल तस्वीर

जनकपुरधाममा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता शुरू हुँदै छ । मधेश प्रदेश खेलकुद परिषद्का सदस्यसचिव शिवजीप्रसाद कानुले बुधबार जनकपुरधामामा पत्रकार सम्मेलन गरी हरेक प्रदेशबाट १२ जना खेलाडी सहभागी हुने बताए । 

मधेशको मौलिकतालाई चिनाउने खेल भएकाले यो प्रतियोगिता महत्वपूर्ण रहेको उनले उल्लेख गरे । मधेश सुगम ठाउँ रहेकाले खेलकुदलाई जोड्यो भने खेलकुदमार्फत राष्ट्रको सम्पत्तिका रूपमा धेरै खेलाडी उत्पादन गर्न सकिने उहाँले विचार व्यक्त गरे ।

शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा सातवटै प्रदेशको कबड्डी टोली सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि मधेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयले ५० लाख बजेटको व्यवस्था गरेको  छ । 

यस प्रतियोगितामा प्रथम हुने टोलीलाई २५ हजार, दोस्रो हुने टोलीलाई २० हजार र तेस्रो हुने टोलीलाई रु १५ हजार पुरस्कार दिइने सदस्य सचिव कानुले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्