२३ असार २०८३, मंगलबार

इजरायल-इरान युद्ध रोकिएपछि गाजामा नयाँ युद्धविराम गर्ने प्रयास

असार १२, २०८२
काठमाडौं
इजरायल-इरान युद्ध रोकिएपछि गाजामा नयाँ युद्धविराम गर्ने प्रयास

इजरायल-इरान युद्ध रोकिएपछि गाजामा युद्धविराम र बन्धकहरूको रिहाइको लागि नयाँ सम्झौता गर्न प्रयासहरू तीव्र पारिएको छ । हमासका एक वरिष्ठ अधिकारीले मध्यस्थकर्ताहरूले  युद्धविरामका लागि पहल भैरहेको बताएको बीबीसीले जनाएको छ । यद्यपि, इजरायलसँग वार्ता अझै भइरहेको छैन।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्य पूर्वका लागि उनका विशेष दूत स्टिभ विटकफले इजरायल र हमास सम्झौताको 'धेरै नजिक' रहेको बताएका थिए । 

यसैबीच, हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार इजरायली आक्रमणमा ४५ प्यालेस्टिनी मारिएको बताएको छ। इजरायली सेनाले पनि मंगलबार भएको बम आक्रमणमा आफ्ना सात सैनिक मारिएको बताएको छ । हमासले आक्रमणको जिम्मेवारी लिएको छ।

salt training

कमेन्ट गर्नुहोस्