३० जेठ २०८३, शनिबार

बलात्कार आरोपमा २२ वर्षीय युवक पक्राउ

असार १२, २०८२
काठमाडौं
बलात्कार आरोपमा २२ वर्षीय युवक पक्राउ

बारामा ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा फेटा गाउँपालिका- ३ बस्ने २२ वर्षीय कृष्णा साह तुरहा रहेका छन् । उनलाई ​बिहीबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

साहले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्