२४ जेठ २०८३, आइतबार

सर्वोच्च अदालतका प्रस्तावित ३ न्यायाधीशविरुद्ध ७ उजुरी

असार १२, २०८२
काठमाडौं
सर्वोच्च अदालतका प्रस्तावित ३ न्यायाधीशविरुद्ध ७ उजुरी

सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा सात उजुरी परेको छ ।

संसदीय सुनुवाइ समितिको आजको बैठकमा पाँच व्यक्ति केन्द्रित र दुई वटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित उजुरी दर्ता भएको सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी गराइन् ।

वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरिएको छ ।

सभापति न्यौपानेका अनुसार मेघराजविरुद्ध दुई, श्रीकान्तविरुद्ध दुई र शान्तिसिंहविरुद्ध एक तथा सैद्धान्तिक विषयसँग सम्बन्धित दुई वटा उजुरी परेका छन् ।

शुक्रबार उजरीकर्तासँग छलफल गर्ने र १५ गते सुनुवाइ गर्ने समितिले जनाएको छ । उजुरीकर्तालाई आजको समिति बैठकमा बोलाइएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्