१२ असार २०८३, शुक्रबार

करिब २० किलो अवैध लागूऔषध गाँजा बरामद

असार १२, २०८२
काठमाडौं
करिब २० किलो अवैध लागूऔषध गाँजा बरामद

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१७ रामनगर चोकबाट अवैध लागूऔषध गाँजा करिब २० किलोग्राम प्रहरीले बरामद गरेको छ । 

प्रहरी चौकी जैतापुरबाट खटिएको प्रहरीले रामनगरबाट मधुवनतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकललाई जाँच गर्न खोज्दा मोटरसाइकलमा सवार व्यक्तिहरूले मोटरसाइकल र बोरा छाडि फरार भएका थिए ।

त्यसपछि प्रहरीले बोरा तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो । प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
 

salt training

कमेन्ट गर्नुहोस्