०६ असार २०८३, शनिबार

वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ

असार १२, २०८२
काठमाडौं
वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका-११ बस्ने रूकुम पश्चिम त्रिवेणी गाउँपालिका-१ घर भएका ४० वर्षीय जगदिश महर, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने नवलपरासी पूर्व बुलिङटार गाउँपालिका-४ घर भएका ३७ वर्षीय डिलबहादुर आले मगर र काठमाडौं महानगरपालिका-२६ बस्ने सिन्धुली घ्याङलेख गाउँपालिका-६ घर भएका ३१ वर्षीय प्रेम कुमार श्रेष्ठ रहेका छन् । 

पक्राउ परेकामध्ये जगदिशले दक्षिण कोरिया पठाइदिन्छु भन्दै २ जना पीडितबाट ६ लाख रूपैयाँ, डिलबहादुरले सर्बिया पठाइदिन्छु भन्दै ८ जना पीडितबाट ५ लाख १० हजार र प्रेम कुमारले रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितबाट ६ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको परेको थियो ।

उनीहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जगदिशथलाई काठमाडौं महानगरपालिका-७ बाट, डिल बहादुरलाई काठमाडौं महानगरपालिका-४ बाट र प्रेम कुमारलाई काठमाडौं टोखा नगरपालिका-७ बाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्