२७ असार २०८३, शनिबार

परराष्ट्रमन्त्री राणा इटाली प्रस्थान

असार १३, २०८२
काठमाडौं
परराष्ट्रमन्त्री राणा इटाली प्रस्थान
फाइल तस्वीर

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटाली प्रस्थान गरेकी छन् । 

यही ‘जुन २८ देखि जुलाई ४’ सम्म रोममा आयोजना हुने ‘खाद्य तथा कृषि सङ्गठन (एफएओ) कन्फ्रेन्स’को ४४औँ सत्रमा सहभागी हुन उनी आज त्यसतर्फ प्रस्थान गरेकी हुन् । 

कन्फ्रेन्सको प्रमुख सत्र र यसका दौरानमा आयोजना हुने अन्य उच्चस्तरीय कार्यक्रमहरूलाई उनले सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । 

उनलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईसहित उच्च अधिकारीहरूले बिदाइ गरे ।

उनले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि नेपाली स्थायी प्रतिनिधि एवं परराष्ट्र र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अधिकारीहरु सहभागी छन् । 

उक्त सम्मेलनपश्चात् परराष्ट्रमन्त्री डा राणा इटालीको मिलान, जर्मनीको ह्याम्बर्ग र बर्लिनमा लगानी बोर्ड नेपालले आयोजना गर्ने कार्यक्रमहरूमा सहभागी हुनेछिन् ।

salt training

कमेन्ट गर्नुहोस्