१० साउन २०८३, आइतबार

नेपाली क्रिकेट टोलीले अस्ट्रेलियामा टी–२० शृंखला खेल्ने

असार १३, २०८२
काठमाडौं
नेपाली क्रिकेट टोलीले अस्ट्रेलियामा टी–२० शृंखला खेल्ने

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आगामी अगस्टमा अस्ट्रेलियामा टी–२० क्रिकेट शृंखला खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार, शृंखलाका लागि नेपाली टोलीले अगस्ट १४ देखि २४ तारिखसम्म अस्ट्रेलियाको भ्रमण गर्नेछ ।

नेपाली टोलीले अस्ट्रेलियामा भ्रमणका क्रममा ‘टप ईण्ड टी–२० शृंखला’ खेल्ने क्यानले जनाएको छ ।

नेपाली टोलीले अस्ट्रेलिया भ्रमणका क्रममा सन् २०२६ मा आयोजना हुने आईसीसी टी–२० विश्वकपको छनोट प्रतियोगिताको तयारी गर्नेछ ।

विश्वकपको एसिया छनोट आगामी अक्टोबर १ देखि १७ तारिखसम्म ओमानमा आयोजना हुँदैछ ।

अस्ट्रेलिया भ्रमणका क्रममा नेपाली टोलीले बलिया स्थानीय टोलीहरूको सामना गर्ने क्यानले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्