
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट नजिकैबाट ४७ ग्राम ९ मिलिग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्यूरोको विशेष सूचनाको आधारमा सिरहाको सिरहा नगरपालिका– ८ का ४० वर्षीय मोहम्मद अख्तर मिया र धनुषाको कमला नगरपालिका–८ बस्ने ४२ वर्षीय सामन यादवलाई आज नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी प्रवक्ता कालिदास धौबजीले जानकारी दिए ।
विमानस्थलको गेट नजिकै रहेको एक होटलबाट किनबेच गर्ने तयारी गरिरहेको अवस्थाको उक्त लागुऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूले विगत लामो समयदेखि धनुषाको विभिन्न ठाउँहरूबाट लागुऔषध ल्याई काठमाडौंमा बेचबिखन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।