३२ असार २०८३, बिहीबार

घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु

असार १३, २०८२
गुल्मी
घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु

घाँस काट्ने क्रममा भिरबाट लडेर गुल्मीमा एक जनाको मृत्यु भएको छ ।

मदाने गाउँपालिका– ६ घ्युउपानीकी ३१ वर्षीया लक्ष्मी थापाको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारूले जानकारी दिए ।

आज दिउँसो स्थानीय काउले भालुखोला सामुदायिक वनमा घाँस काट्न भनी गएकी थापा साँझ अबेरसम्म घर नफर्केपछि परिवार र छिमेकीद्वारा उनको खोजतलास गरिएको थियो ।

खोजतलासका क्रममा उनको शव सोही सामुदायिक वनको कीराचौर भिरबाट खसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय पुर्कोट दहबाट प्रहरी निरीक्षक रेवन्त सेनको नेतृत्वमा छ जनाको टोली घटनास्थलमा पुगेको थियो । मृतक थापाका दुई छोरा छन् भने श्रीमान् रोजगारीको सिलसिलामा दुबईमा छन् ।

थापाको शव परीक्षणका लागि गुल्मी अस्पतालमा राखिएको बताउँदै प्रहरी नायब उपरीक्षक सारूले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्