
माध्यमिक शिक्षा परीक्षा २०८१ को नतिजामा गत वर्षको तुलनामा उल्लेखनीय सुधार देखिएको छ। यस वर्ष ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्, जुन गत वर्षको ४७.८६ प्रतिशत भन्दा झण्डै १४ प्रतिशतले बढी हो।
चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको परीक्षामा नियमिततर्फ ४ लाख ३८ हजार ८९६ विद्यार्थी सहभागी भएका थिए। तिनमध्ये ४८ हजार १७७ जनाले ३.६ देखि ४ जिपिए प्राप्त गरेका छन् भने १६७ हजार ५९७ जना अवर्गीकृत भएका छन्।
यस वर्षको नतिजा सकारात्मक देखिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षाको सफल सञ्चालनमा योगदान पुर्याउने सम्पूर्ण सरोकारवाला निकाय, शिक्षक, अभिभावक तथा विद्यार्थीप्रति बोर्डले आभार व्यक्त गरेको छ।