०६ असार २०८३, शनिबार

भीरबाट लडेर महिलाको मृत्यु

असार १४, २०८२
बैतडी
भीरबाट लडेर महिलाको मृत्यु

बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । 

जिल्लाको सिगास गाउँपालिका–२ खोल्टेकी ५० वर्षीय तारादेवी धामीको भीरबाट लडेर मृत्यु भएको हो । 

शुक्रबार बिहान ८ बजेतिर घर नजिकैको ताछे भीरमा घाँस काट्न गएकी धामीको लडेर मृत्यु भएको हो । 

घाँस काट्न गएकी धामी दिउँसोसम्म घर नफर्केपछि खोजी गर्दा भीरबाट एक सयमिटर तल धामीको शव फेला परेको थियो । 

धामीका श्रीमान, एक छोरा र एक छोरी छिन् । 

salt training

कमेन्ट गर्नुहोस्