काठमाडौं, ६ माघ– गणतन्त्र नेपालका पूर्वराष्ट्रपति रामवरण यादव अस्वस्थ भएका छन् ।
स्वास्थ्यमा समस्या आएपछि परिवारले उनलाई राजधानीको टिचिङ अस्पतालमा भर्ना गराएका छन् । पेटमा समस्या आएपछि यादवलाई अस्पताल भर्ना गरिएको उनको निजी सचिवालयले जनाएको छ ।
सोमबारमात्रै यादवका नाती अभिषेकको राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी निशाकुशुमसँग विवाह भएको थियो भने बुधबार आर्मी अफिससं क्लबमा भव्य पार्टी दिइएको थियो ।
केहि महिनाअघि मात्रै यादव सरकारी खर्चमा अमेरिकामा उपचार गराएर फर्किएका थिए ।
चिकित्सकहरुका अनुसार उनको स्वास्थ्य जाँच भइरहेको छ र आत्तिनु पर्ने अवस्था छैन ।