०४ साउन २०८३, सोमबार

प्रधानमन्त्रीको गृहजिल्लामा ६५ प्रतिशत मत खस्यो

मंसिर २१, २०७४
प्रधानमन्त्रीको गृहजिल्लामा ६५ प्रतिशत मत खस्यो

डडेल्धुरा, २१ मंसिर– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा ६५ प्रतिशत मत खसेको छ । 

मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद रिजालका अनुसार डडेल्धुरामा ६५ प्रतिशत मत खसेको हो । रिजालले डडेल्धुरामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको बताए । 

प्रतिनिधिसभाका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा ८१ हजार ७ सय ३२ मतदाता छन् । 

स्थानीय तह निर्वाचनको तुलनामा यसपटकको निर्वाचनमा डडेल्धुरामा ३ प्रतिशत कम मत खसेको छ । स्थानीय तह निर्वाचनमा डडेल्धुरामा ६८ प्रतिशत मत खसेको थियो । 

डडेल्धुरामा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसबाट प्रधानमन्त्री शेरबहादुर र वाम गठबन्धनका तर्फबाट माओवादी नेता खगराज भट्ट प्रतिष्पर्धामा छन् । 

salt training

कमेन्ट गर्नुहोस्