
गोरखा २१ मंसिर– गत मंसिर १० गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तरगत सर्वाधिक चासोको बिषय बनेको गोरखा २ को मतगणना शुरु भएको छ । दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै बिहीवार साँझबाट मतगणना शुरु भएको हो ।
प्रतिनिधि सभा निर्वाचन अन्तरगत गोरखा २ मा नेपाली कांग्रेसको समर्थनमा नयाँ शक्ति पार्टी नेपालका डा बाबुराम भट्टराई तथा वामपन्थी गठबन्धनको तर्फवाट माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठबीच तीब्र प्रतिष्पर्धा हुने ठानिएको छ । दुवै पक्षले चुनाव जित्ने बताउँदै आएका छन् ।
गोरखा १ मा नेपाली कांग्रेसका चीनकाजी श्रेष्ठ र माओवादी केन्द्रका हरिराज अधिकारीबीच प्रतिष्पर्धा हुँदैछ ।