११ साउन २०८३, सोमबार
निगमको निर्णय

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य

असार १६, २०८२
काठमाडौं
ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढाएको छ । आयल निगम सञ्चालक समितिको सोमबारको बैठकले पेट्रोलको मूल्य प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढाउने निर्णय गरेको हो । 

बढेको मूल्य आजै मध्यरातिदेखि लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

यसैगरी हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. ७ ले र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलो लिटर अमेरिकी डलर ५१ ले बढाइएको छ ।

यसैगरी हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेक इभन प्वाइन्टमा विक्री मूल्य कायम गरिएको छ । साथै, एल. पी. ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ ।

मूल्यसूची विस्तृतमा

null

salt training

कमेन्ट गर्नुहोस्