१३ असार २०८३, शनिबार

जिपले च्यापेर बालकको मृत्यु

असार १६, २०८२
काठमाडौं
जिपले च्यापेर बालकको मृत्यु

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–५ मा जिपले च्यापेर तीन वर्षीय बालकको मृत्यु भएको छ ।  

सदरमुकाम मुसिकोट खलङ्गाबाट बाँफिकोट–५ बडगाँउबाट बाँफिकोटतर्फ फर्किँदै गरेको जिपले च्यापिएर बडगाउँका तीन वर्षीय सिबाङ पुनको मृत्यु भएको हो ।

बडगाँउमा रोकी राखेको रा १ ज ८१२ नम्बरको जिप  चलाउने  क्रममा गाडी मुनि परेर च्यापिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।  चालक  बाँफिकोट–४ का २२ वर्षीय विशाल विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनास्थलमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक हरिप्रसाद पुनको नेतृत्वमा टोली  खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्