
भारतको तेलंगानास्थित संगारेड्डी जिल्लाको पसामिलाराम औद्योगिक क्षेत्रमा रहेको रिएक्टरमा विस्फोट हुँदा भएको ठूलो आगलागीमा २७ जनाको मृत्यु भएको छ।
जिल्ला प्रशासनले सिगाची रसायन कारखानामा भएको दुर्घटनामा चार जनाको पहिचान भइसकेको र बाँकी २३ जनाको पहिचान गर्ने प्रयास भइरहेको बीबीसी हिन्दीले जनाएको छ ।
दुर्घटनामा ३५ जना घाइते भएका छन्। सबैको उपचार भइरहेको छ।
जिल्ला प्रशासनले दुर्घटनामा २४ जना अझै बेपत्ता रहेको र सबैको खोजी जारी रहेको बताएको छ। यसबाहेक ५७ जना सकुशल फेला परेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिइने बताएका छन् ।
यससँगै, बिहार सरकारले बिहारमा बस्ने मृतकका आश्रितहरूलाई २ लाख रुपैयाँ क्षतिपूर्ति र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ।