२३ असार २०८३, मंगलबार
निजामती विधेयकमा छेडखानी

गम्भीर षड्यन्त्र भयो, छानबिनबाट दोषी देखिए कारबाहीका लागि तयार छु– रामहरि खतिवडा

असार १७, २०८२
काठमाडौं
गम्भीर षड्यन्त्र भयो, छानबिनबाट दोषी देखिए कारबाहीका लागि तयार छु– रामहरि खतिवडा
फाइल फोटो

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती विधेयक पारित गर्ने क्रममा षडयन्त्र भएको बताएका छन् । यसको छानबिन आवश्यक रहेको र दोषी देखिए आफू कारबाहीका लागि तयार रहेको उनले बताए । 

मंगलबार सभामुखसँगको भेटपछि सभापति खतिवडाले निजामती विधेयकबाट कुलिङ पिरियड हटाइनु संसद्‌माथिको ठूलो प्रहार भएको बताएका हुन् । ‘कसको गल्तीबाट गयो, कारबाही गर्नुपर्छ भनेका छौं । यो घटना संसद्‌माथिको ठूलो प्रहार हो, छानबिन गर्नुपर्छ,’ खतिवडाले भने, ‘म आफैंमाथि पनि छानबिन होस् । मेरो दोष देखियो भने कारबाहीको दायरामा आउन तयार छु ।'

आइतबार प्रतिनिधिसभाबाट विधेयक पारित भएको थियो । तर, विधेयकमा छेडखानी गरेर कुलिङ पिरियडसम्बन्धी व्यवस्था हटाइएको भन्दै सांसदहरूले चर्को विरोध गरेका छन् । सभामुख देवराज घिमिरेले पनि यसको छानबिन गर्ने प्रतिवद्धता सांसदहरूसँग गरेका छन् । 

सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद पदम गिरीले खतिवडाले राज्य व्यवस्था समितिको सभापति पद छाड्नु पर्ने बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्