३० जेठ २०८३, शनिबार

डिशहोमको रमाइलो टीभीमा नेपाली भाषामा ‘रामायण’ प्रसारण हुने

असार १७, २०८२
काठमाडौं
डिशहोमको रमाइलो टीभीमा नेपाली भाषामा ‘रामायण’ प्रसारण हुने

नेपालको अग्रणी मनोरञ्जन च्यानल डिशहोमको रमाइलो टीभीले बहुप्रशंसित टेलिभिजन सिरिज ‘रामायण’ नेपाली भाषामा प्रसारण गर्ने भएको छ । यो ऐतिहासिक धार्मिक श्रृंखला यही असार १९ गतेदेखि हरेक बिहीबार र शुक्रबार राति ८ बजे प्रसारण हुने छ ।

‘रामायण’ भारतीय संस्कृत महाकाव्य रामायणमा आधारित टेलिभिजन श्रृंखला हो, जसलाई प्रसिद्ध निर्माता, निर्देशक तथा लेखक रामानन्द सागरले निर्माण गरेका थिए । यो सिरिज पहिलोपटक सन् १९८७ देखि १९८८ सम्म भारतको डीडी नेशनल च्यानलमा प्रसारित भएको थियो । आशोक कुमार र रामानन्द सागरद्वारा प्रस्तुत गरिएको यस श्रृंखलाको संगीत रवीन्द्र जैनले संयोजन गरेका थिए ।

‘रामायण’ले प्रसारणको समयमा भारतमा ८२ प्रतिशत दर्शक संख्या प्राप्त गर्दै इतिहास रचेको थियो । बीबीसीका अनुसार, ‘रामायण’ ६५ करोडभन्दा बढी दर्शकद्वारा हेरिएको श्रृंखला हो । यस श्रृंखलाको पुन:प्रसारण विश्वका १७ देशका २० भन्दा बढी च्यानलहरूमा पनि भएको थियो । ‘रामायण’ ले २०२० मा कोरोना लकडाउनको समयमा पुन: प्रसारण हुँदा एकै दिन ७.७ करोड दर्शक संख्यासहित विश्वको सबैभन्दा धेरै हेरिएको टेलिभिजन कार्यक्रमको कीर्तिमान राखेको थियो ।

डिशहोमका ग्राहकहरूको मनोरञ्जनलाई ध्यानमा राखि डिशहोमले विभिन्न लोकप्रिय कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरू प्रसारण गर्ने गरेको छ । यसै क्रममा डिशहोमको ग्राहकहरूले यस ऐतिहासिक र आध्यात्मिक कथा नेपाली भाषामा आफ्नै च्यानल रमाइलो टीभीमा हेर्न पाउनेछन् ।

हाल रमाइलो टीभी डिशहोमका ग्राहकहरूको लागि मात्र उपलब्ध रहेको छ । आजै डिशहोम जडान गरेर डिशहोमको ग्राहक बनेर अन्य कुनै माध्यममा उपलब्ध नरहेको विभिन्न कार्यक्रमहरूको मज्जा लिन कम्पनीले आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्