०७ साउन २०८३, बिहीबार
देशभर मनसुनी वायुको प्रभाव

मधेशबाहेक अरू प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

असार १८, २०८२
काठमाडौं
मधेशबाहेक अरू प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णालीका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो र राति केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेसबाहेक अरू प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमलगायत देशका पहाडी भूभागका धेरै स्थान तथा बाँकी भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

यसैगरी, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, आज राति कोशी, गण्डकी र सुदूरपश्चिमको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। 

ठूलो पानी पर्ने सम्भावना रहेको क्षेत्रमा भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्