१० साउन २०८३, आइतबार

जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

असार १८, २०८२
काठमाडौं
जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानबाट आयात हुने सामानमा कर वृद्धिगरी ३० देखि ३५ प्रतिशत पुर्‍याउने चेतावनी दिएका छन् । 

जापानसँगको व्यापार सम्झौता जुलाई ९ को समयसीमाअगावै असम्भव रहेको भन्दै राष्ट्रपति ट्रम्पले हाललाई कर वृद्धि गर्ने सम्भावनाबारे सोचिरहेको बताएका हुन् । 

अमेरिकी चामलको आयात स्वीकार गर्न जापानले अनिच्छा देखाएको र दुई देशबीचको सवारी साधनको व्यापारमा असन्तुलनको आलोचना गर्दै एयर फोर्स वानमा पत्रकारहरूसँग भने, 'मलाई विश्वास लागिरहेको छैन कि जुलाई ९ अगावै सम्झौता गर्नेछौँ । मलाई जापानप्रति शङ्का छ, तिनीहरू धेरै कठिन छन् ।'

salt training

कमेन्ट गर्नुहोस्