२६ असार २०८३, शुक्रबार

राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रमुखहरूको भेट

असार १८, २०८२
काठमाडौं
राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रमुखहरूको भेट

राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनको उपलब्धिलाई संस्थागत गर्ने महत्त्वपूर्ण आधार प्रदेश भएको बताएका छन् । प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता भएको उनको भनाइ छ ।

राष्ट्रपति पौडेलले बुधबार प्रदेश प्रमुखहरूसँग शीतल निवासमा भएको भेटमा यस्तो बताएका हुन् । 'प्रदेशहरू सुदृढ भए यो व्यवस्था नै सुदृढ हुन्छ, संविधानको सम्पूर्ण कार्यान्वयनका लागि आवश्यक पर्ने संघीय, प्रादेशिक र स्थानीय तहका कानुनको तर्जुमा र त्यसको निष्कपट कार्यान्वयनबाटै यो संविधानको औचित्य र सार्थकता प्रमाणित हुन्छ भन्ने मेरो विश्वास छ,' उनले भने । 

प्रदेश प्रमुख, प्रदेशको प्रमुखमात्र नभई केन्द्रको प्रतिनिधि पनि भएकाले संघ र प्रदेशबीचको समन्वयकर्ता भएको उनले बताए । प्रदेश प्रमुखहरू समग्रमा संघीयताको सेतु भएको उनले बताए । 'त्यसो भएकाले राष्ट्रपति र प्रदेश प्रमुखहरूबीच निरन्तर सम्पर्क, सम्वाद र समन्वय हुन जरुरी छ,' उनले भने ।

प्रदेशको आन्तरिक स्रोतको सक्दो प्रयोग गरेर प्रादेशिक विकासका नयाँ–नयाँ सपनाहरू बनाउन, प्रत्येक प्रदेशले आफ्नो मौलिकता निर्माण गरेर अगाडि बढ्न सम्बन्धित सरकारलाई सुझाव दिनुपर्ने आवश्यकता रहेको उनले बताए ।

null

salt training

कमेन्ट गर्नुहोस्