१४ असार २०८३, आइतबार

प्रोटिनयुक्त 'सुपर फुड' हरियो भटमासबाट के-के परिकार बन्छ ? [बनाउने विधिसहित]

असार २१, २०८२
काठमाडौं
प्रोटिनयुक्त 'सुपर फुड' हरियो भटमासबाट के-के परिकार बन्छ ? [बनाउने विधिसहित]

बर्षात्‌को समयमा हरियो भटमास जता पनि पाइन्छ। नेपालमा हरियो भटमास खाने प्रचलन धेरै कम छ तर,जापान र अन्य विकसित मुलुकमा हरियो भटमासको माग धेरै उच्च छ ।

एक सुपर फुडको रूपमा हरियो भटमासबाट सयौँ परिकार तयार गरेर पस्कने प्राचीन प्रचलन छ। नेपालमा भटमासका धेरै परिकार बन्छन् तर,हरियोभन्दा सुकेको भटमासको मात्र ।

सामान्य रूपमा हामी हरियो भटमासलाई उसिनेर या साधेर खान्छौं त्यो पनि न्यून रूपमा केही महिना मात्र। तर जापान,चीन र पूर्वी एसियाली देशहरूले यसलाई बाह्रै महिना भान्साको एक प्रमुख हिस्साको रूपमा नियमित प्रयोग गर्छन् । इदमामी भनेर चिनिने हरियो भटमास पछिल्लो समय फ्रोजन या ताजा रूपमा विश्वभर फैलिएको छ ।

हरियो भटमासलाई प्रोटिनको प्रमुख स्रोत मानिने हुँदा शाकाहारी र शुद्ध शाकाहारी (भेगानिजम)हरूमा पनि निकै लोकप्रिय भएको छ । हरियो भटमासमा भिटामिन र मिनेरल्स पर्याप्त पाइने हुँदा स्वस्थ मुटु र मजबुत हड्डीका लागि पनि उपयोगी खुराको रूपमा लिन थालिएको छ । फाइबर पर्याप्त रहने हुँदा क्यान्सर र डाइबिटीज हुन सक्ने जोखिम पनि कम गराउन मद्दत गर्छ ।

हरियो भटमासबाट देशअनुसार फरक फरक परिकार बनाएर पस्कने प्रचलन छ । चीन,जापान र पूर्वी एसियाली देशहरूले हरियो भटमासको सुप,सलाद,फ्राइराइस,नुडल्समा मात्र नभै कयौँ मिठाइका परिकार समेत लोकप्रिय छन् । चीनमा हरियो भटमासको गेडा बङ्गुरको मासुको किमामा मिसाएर पकाइने प्रचलन छ,जुन उनीहरूको एक मन पर्ने परिकारमा पर्छ ।

जापानमा हरियो भटमासको सलाद इदमामी निकै लोकप्रिय छ । उनीहरूले नुनिलो पानीमा उसिनेर पिरो या अमिलो ससमा मोलेर पस्कने गर्छन्। अझ अनौठो कुरा त जापानमा हरियो भटमासबाट बन्ने मादक पदार्थ सोच्चु बियर त झन् लोकप्रिय पेय मानिन्छ। हरियो भटमास स्वास्थ्यका हिसाबले अत्यन्त उत्तम सामाग्री भएका कारण यसको माग विश्वभर बढ्दो छ ।

हरियो भटमासबाट सयौँ भिन्न परिकार पस्कन सकिन्छ । हरियो भटमासबाट देशअनुसार आ-आफ्नो स्वादमा फरक-फरक परिकार बनाइन्छ । हरियो भटमास सिजनमा हरियो नै उपलब्ध हुन्छ भने अफ सिजनमा प्याकेट-प्याकेट बनाएर फ्रोजनमा उपलब्ध हुन्छ । कत्तिले हरियो भटमासलाई बोक्रासहित उसिनेर परिकारमा ढाल्छन् भने कत्तिले छोडाएर स्वाद अनुरूप मसला मिलाएर पस्कन्छन् ।

के-के परिकार बन्छ?

मोलेको पोलेको भटमास

सामाग्री

हरियो भटमासको गेडा-२५० ग्राम

नुन- स्वाद अनुसार

घ्यु या तोरीको तेल- २५ एमएल

अदुवा लसुनको पेस्ट- एक चम्चा

हरियो खुर्सानी- २ पिस

पुदिना या धनियाको चटनी- २० ग्राम

विधिः हरियो भटमासको गेडालाई थोरै पानी हालेर पिस्ने र नुन,अदुवा लसुन,मसिनो गरी चप गरेको खुर्सानी,धनिया,जीराको धुलो हालेर मोल्ने र १० देखि १५ मिनट छोपेर रेस्ट गराउने । अब प्यान तताएर घ्यु या तेल हालेर सानोसानो प्यान केकजस्तो बाबर बनाउने र एक साइड पाक्नासाथ अर्को साइड फर्काएर पकाउने । अब तातो तातो बाबर चटनीकासाथ पस्कने ।

 हरियो भटमासको फुरौला

सामाग्री

हरियो भटमासको गेडा-२०० ग्राम

भिजाको मास- १०० ग्राम

नुन- स्वाद अनुसार

ज्वानो- आधा चम्चा

तेल- फ्राइ गर्न पुग्ने

जीराको धुलो- एक चिम्टी

​काटेको हतो धनियाँ - एक चम्चा

पिसेको गोलभेडाको अचार- २० ग्राम

विधि

हरियो भटमासको गेडा र एक रात भिजाएको मासको दाललाई बोक्रा फ्याकेर थोरै पानी हाली ब्ल्यान्डर या सिलौटोमा पिस्ने । पिसेको मिक्स्चरलाई छोपेर दुई देखि ३ घन्टा रुम टेम्पेचरमा रेस्ट गराउने र नुन हल्का दरालेको ज्वानो हालेर मोल्ने। अब तातेको तेलमा दस दस ग्रामको साइजमा हातले तेलमा तार्ने । हल्का ब्राउन कलर हुनासाथ निकालेर चटनीसँग पस्कने ।

डामेको हरियो भटमास र मकै

सामाग्रीः

हरियो भटमासको गेडा- २०० ग्राम

हरियो मकैको गेडा- ३०० ग्राम

नुन- स्वाद अनुसार

घ्यु या तोरीको तेल- २५ एमएल

पिसेको नुन खुर्सानी- २ चम्चा

विधि : प्यानलाई राम्ररी तताएर घ्यु या तोरीको तेल हाल्ने र मकैलाई एकछिन डामेर हरियो भटमास र स्वादअनुसार नुन हाली चलाएर पकाउने। मकै र भटमासको दुवै साइड डामेको कलर आउनासाथ निकालेर पिसेको नुन खुर्सानीको पेस्टसँग तातो तातो पस्कने ।

salt training

कमेन्ट गर्नुहोस्