
गोरखा २१ मंसिर– चासोका साथ हेरिएको गोरखा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र नयाँ शक्तिका डा बाबुराम भट्टराईबीच तीब्र प्रतिष्पर्धा देखिएको छ । पछिल्लो नतिजा अनुसार श्रेष्ठले ८६५ र भट्टराईले ८ सय ३२ मत पाएका छन् । गोरखा १ मा पनि माओवादी केन्द्रको अग्रता देखिएको छ ।