१३ असार २०८३, शनिबार

बाढी प्रभावितको उद्धार र राहतमा जुट्न कार्यकर्तालाई देउवाको आग्रह

असार २४, २०८२
काठमाडौं
बाढी प्रभावितको उद्धार र राहतमा जुट्न कार्यकर्तालाई देउवाको आग्रह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढीले क्षति पुर्‍याएको स्थानमा उद्धार र राहतमा जुट्न कार्यकर्तालाई आग्रह गरेका छन् । 

सभापति देउवाले आज सामाजिक सञ्जालमार्फत् रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहतमा जुट्न कार्यकर्तालाई आग्रह गरेका हुन् । 

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत सामग्री वितरणलाई प्रभावकारी रूपमा तत्काल अघि बढाउन उनले सरकारलाई अनुरोध पनि गरेका छन् । 

बाढीमा परेर हालसम्म छ चिनियाँ नागरिकसहित १८ जना हराइरहेका छन्भने नौ जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । 

बाढीले मितेरी पुल र केही कन्टेनर पनि बगाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्