०१ असार २०८३, सोमबार

रसुवा बाढीपछिको राहत उद्धार प्रभावकारी बनाउन सांसदहरूको ध्यानाकर्षण

असार २४, २०८२
काठमाडौं
रसुवा बाढीपछिको राहत उद्धार प्रभावकारी बनाउन सांसदहरूको ध्यानाकर्षण

नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले रसुवाको लेन्दे नदीमा आएको बाढीले पुर्‍याएको क्षतिपछि उद्धार र राहतलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् । 

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै मंगलबार शर्माले वर्षायामसँगै गम्भीर घटना हुन थालेको भन्दै सरकार सचेत हुनुपर्ने बताए । 

‘रसुवाको लेन्दे नदीमा १८ बढी बेपत्ता, नेपाल र चीन जोड्ने मितेरी पुल बगाएको छ । एक सय बढी कन्टेनर गाडी बगाएको दु:खद् खबर आएको छ । जल्दै गरेको चितासहितको लास बगाएको मार्मिक घटना भयो,’ शर्माले भने,  ‘प्राकृतिक विपत्ति बेहोर्दै आएको छ । असोज १२ मा पनि विपत्ति बेहोर्‍यौं । घटनापूर्व विप‌त्‌को सामना गर्ने तयारी सरकारले गरोस् । बाढी जलवायु परिवर्तनको कारण हो के हो ? यसतर्फ पनि ख्याल गर्नुपर्छ ।’ 

त्यस्तै, बैठकमा कांग्रेसकै सांसद अर्जुननरसिंह केसीले पनि रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा ठूलो मानवीय र भौतिक क्षति भएको भन्दै सरकार थप सचेत हुनुपर्ने बताए । उद्धार, राहत र पुनःस्थापनामा सरकारले प्रभावकारी अग्रसरता देखाउनुपर्ने उनको भनाइ थियो । 

माओवादी सांसद देवेन्द्र पौडेलले पनि सरकारले रसुवा बाढीपछि तत्काल सक्रियता देखाउनुपर्ने बताए । उनले डाक्टरहरू उपभोक्ता अदालत कि मेडिकल काउन्सिल भन्नेमा हड्तालमा रहँदा बिरामीले उपचार नपाएको बताए । 
सरकारी अस्पताल बन्द हुने र निजी अस्पताल खुल्ने स्थिति रहेको उनले बताए । सरकारले नागरिकलाई उपचारको हकबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्नुपर्ने सांसद पौडेलले बताए ।

salt training

कमेन्ट गर्नुहोस्