
म्याग्दी २१ मंसिर– म्याग्दीमा नेकपा एमालेले लिएको अग्रता मध्यरातसम्म कायम राखेको छ ।
राती सवा १२ बजेको नतिजा अनुसार वामपन्थी उम्मेदवार एमालेका भुपेन्द्र बहादुर थापाले ६ हजार ९ सय ३९ मत प्राप्त गर्दा कांग्रेसका खम्बिर गर्वूजाले ५ हजार २ सय ४२ मत प्राप्त गरेका छन् ।
प्रदेश सभा तर्फ माओवादीका विनोद केसीले ४ हजार १ सय ५३ मत ल्याउदा राप्रपाका भिमप्रसाद गौचनले ३ हजार ५ सय ८९ तथा ख मा एमालेकी नरदेवी पुनले २ हजार ८ सय ४९ मत ल्याउँदा कांग्रेसका अमलाल फगामीले २ हजार ३ सय ६० मत पाएका छन् ।