१४ असार २०८३, आइतबार

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

असार २४, २०८२
काठमाडौं
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

महोत्तरी र रौतहटमा भएका मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

पिपरा गाउँपालिका-३ शिव चोकमा जनकपुरबाट जलेश्वरतर्फ जाँदै गरेको बा.प्र.०६-००५ प ६४३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-४ बस्ने ७३ वर्षीया शिवो देवीको मंगलबार दिउँसो मृत्यु भएको हो । 

ठक्करबाट गम्भीर घाइते भएकी उनको जनता अस्पताल पिपरामा उपचारको क्रममा मृत्यु भएको हो । साथै, दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । 

यसैगरी, रौतहटको परोहा नगरपालिका-७ नरकटिया बंकुलस्थित सडकमा बा ५२ प ७५०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २० वर्षीय करण पसावानको घटनास्थलमै मुत्यु भएको छ । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्