१४ असार २०८३, आइतबार

संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा सहभागी भएन जनमत पार्टी

असार २४, २०८२
काठमाडौं
संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा सहभागी भएन जनमत पार्टी

जनमत पार्टी बेगर संघीय लोकतान्त्रिक मोर्चाको बैठक बसेको छ । 

रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचन, निजामती सेवा ऐनमा गरिएको त्रुटीपूर्ण विषयसहित विविध विषयमा छलफल गर्न बसेको मोर्चाको बैठकमा जनमत पार्टीबाट कुनै पनि नेता सहभागी छैनन् ।

तराई मधेश लोकतान्त्रिक पार्टी(तमलोपा)नेपालको संयोजनमा मंगलबार बसेको बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, नागरिक उन्मुक्ति पार्टी नेपाल, राष्ट्रिय मुक्ति पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र जनता प्रगतिशील पार्टीका नेताहरू सहभागी भए । 

बैठकमा जसपा नेपालबाट नेताहरू राजकिशोर यादव, मनिष सुमन र राम कुमार शर्मा, नागरिक उन्मुक्तिबाट नेताहरू रेशमलाल चौधरी, रञ्जिता चौधरी, लालविर चौधरी, गंगा चौधरी र  हिमाञ्चल भट्टराई, राष्ट्रिय मुक्ति पार्टीबाट नेताहरू राजेन्द्र महतो, केशव झा र सन्तोष मेहता उपस्थित भए । 

त्यसैगरी, लोसपाबाट नेताहरू महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण र ज्ञानेन्द्र झा, जनता प्रगतिशील पार्टीबाट नेताहरू हृदयेश त्रिपाठी, शिवजी यादव र सबिर हुसेन र तमलोपाबाट नेताहरू वृषेशचन्द्र लाल, डा. विजय सिंह, बिभा ठाकुर, पुनम झा, ब्रज किशोर सिंह र सुभाष कर्ण सहभागी भए ।

मोर्चामा जनमत पार्टी समेत आबद्ध रहेकोमा मंगलबारको बैठकमा जनमतबाट नेताहरू सहभागी भएका भएनन् । 

salt training

कमेन्ट गर्नुहोस्