
काठमाडौं २२ मंसिर– नुवाकोट क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता डा रामशरण महतले शुरुवाती अग्रता लिएका छन् ।
शुक्रवार विहान १ बजेको मतपरिणाम अनुसार महतले १ हजार ४ सय ११ मत प्राप्त गरेका छन भने बामगठबन्धनका साझा उम्मेदवार माओवादीका हितबहादुर तामाङले १ हजार ११ मत प्राप्त गरेका छन् ।
प्रदेश क तर्फ बामगठबन्धनका बद्री मैनालीले ५९४ नेपाली काग्रेसका रमेश महतले ६०३ मत पाएका छन् ।
प्रदेश ख तर्फ बामगठबन्धनकी राधीका तमाङले ७९८ र कांग्रेसका महेन्द्र थिङले ३३५ मत पाएका छन् ।