०८ असार २०८३, सोमबार

टेलिकमकी निलम्बित एमडी पहाडीसँग २ लाख धरौटी माग

असार २४, २०८२
काठमाडौं
टेलिकमकी निलम्बित एमडी पहाडीसँग २ लाख धरौटी माग

नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक (एमडी) संगीता पहाडी (अर्याल)सँग विशेष अदालतले २ लाख रूपैयाँ धरौटी माग गरेको छ ।

न्यायाधीशहरू तेज नारायण सिंह राई, राम बहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले मंगलबार पहाडीसँग २ लाख धरौटी लिएर मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

टेलिकमको बिलिङ ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियारले जेठ २५ गते एमडी पहाडी, पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

यो मुद्दामा मंगलबार थुनछेक बहस भएको हो । 

आयोगले नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको दाबी गरेको थियो । 

उनीहरूविरुद्ध ३३ करोड ४८ लाख १७ हजार ४३० रूपैयाँ बिगो कायम गरिएको थियो । 

भ्रष्टाचार मुद्दा दायर भएसँगै पहाडी स्वतः निलम्बनमा परेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्